
काठमाडौँ।
दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको रुस र युक्रेनबीच टर्किएमा बार्ता भएको छ। युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीचको बैठकपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि निरन्तर दबाब आवश्यक रहेको स्पष्ट पारेका छन्। उनका अनुसार, युक्रेन चाँडो शान्तिको दिशा तर्फ अघि बढ्न इच्छुक छ, तर त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको दृढ अडान अपरिहार्य छ।
“रूस जबसम्म युद्ध अन्त्यका लागि गम्भीर हुँदैन, तबसम्म उसमाथि दबाब कायम राखिनुपर्छ,” जेलेन्स्कीले भने।
बैठकमा दुवै पक्षले एक-एक हजार युद्धबन्दीहरूको आदान–प्रदान गर्ने सहमति जनाएका छन्। यो सहमति दुवै देशबीचको विश्वास निर्माणमा एउटा सकारात्मक पाइला हुनसक्छ। युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले युद्धबन्दीहरूको रिहाइको मिति तय भएको बताएका छन्, यद्यपि त्यसको विवरण सार्वजनिक गरिएको छैन। -बीबीसी
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।