उदयपुर ।
शुक्रवार बिहानको ४ः३० बजे अविरल वर्षा सँगै आएको हावाहुरीको कारण विभिन्न स्थानहरुमा रहेका विद्यालयको छानो, घरको छानोहरु उडाउँदा १८ लाख २० हजार बराबरको क्षति भएको छे ।
हावाहुरीबाट उदयपुरगढी गाउँपालिका वडा नं ६ जगरेटारस्थितमा रहेको श्री माध्यमिक विद्यालय नेपालटारको जस्तापाताको छाना उडाउँदा पठनपाठनमा अवरोध भएको छ ।
मावि जगरेटारका प्रधानाध्यापक वीरध्वज निरौलाले दिएको जानकारी अनुसार शुक्रवार बिहान साढेचार बजेतिर आएको हावाहुरी र वर्षाल घ कोठे पक्कीे विद्यालयको टीनको छानो उडाएर पठन पाठनमा अवरोध भएको छ । हावाहुरीले टिनको छानो ५० मिटर पर पु¥याएको छ घने तीनलाख बढीको क्षति भएको प्रअ निरौलाले जनाएका छन् ।
यसै गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार चौदण्डीगढी नगरपालिका वडा १० खैराझोडा बस्ने वर्ष ३१ को गिता पाण्डेको बाँस र खरले बनेको भुँइतल्ले घरको छानो उडाई ५०,०००।–को क्षति भएको छ । सोही ठाउँ बस्ने वर्ष ५२ को नवराज दुलालको बाँसको टाँटी बेरा, काठ र टिनको छानो भएको दुइ तल्ले घरको छानो उडाई रु. ३,५०,०००।–को क्षति भएको छ ।

सोही ठाउँ नै बस्ने वर्ष ४७ को भरत राउतको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतले घरको छानो उडाई रु. २,००,०००।–को षति भएको छ भने सोही ठाउँ बस्ने वर्ष ४० को सुभाष अधिकारीको पक्की टिनको छानो भएको एक तले घरको छानो उडाएको र उक्त घरमा संचालन गरेको किराना पसलका सामानहरू समेत क्षति हुँदा रु. २,००,०००।–, को क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै चौदण्डीगढी १० खैराझोडा बस्ने वर्ष २८ को सम्भव अधिकारीको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतले घरको छानो उडाई १,५०,०००।–को क्षति भएको छ । सोही वडाको खैराझोडामा नै बस्ने बस्ने वर्ष ५२ को खगिन्द्र श्रेष्ठको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतले घरको छानो उडाई रु.२,००,०००। बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सोही ठाउँ बस्ने अर्का बस्ने वर्ष ४१ को ध्रुव खत्रीको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतले घरको छानो उडाई रु. ३,००,०००।–क्षति भएको छ ।
त्रियुगा नगरपालिका वडा १३ असारी सरस्वति टोल बस्ने वर्ष ३५ को हर्क श्रेष्ठको टिनको छाना तथा बासको टाटिबेरा भएको भुई घरको छानो उडाई अ ७०,०००।– बराबरको क्षति भएको छ । सोही वडाका असारकिा कृष्ण श्रेष्ठको घरको छानो उडाएकोमा छिमेक लघुवित्त वित्तिय संस्थाले बचतकर्ता भएका कारण शुक्रवार नै ५ हजार आर्थिक सहयोग गरेको संस्थाका शाखा प्रवन्धक सन्तोष कुमार चौधरीले जनाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।