
काठमाडौं।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) नेपालले स्वास्थ्य पत्रकार मञ्च नेपालसँग सडक सुरक्षाबारे अन्तरक्रिया गरेको छ।
संयुक्त राष्ट्रसङ्घ आठौँ विश्व सडक सुरक्षा सप्ताहको अवसरमा नेपालस्थित डब्लुएचओ कार्यालयले स्वास्थ्य पत्रकार मञ्च र नेपालको ट्राफिक सुरक्षा परिषद्का सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया गरेको हो। विश्व सडक सुरक्षा सप्ताह हरेक वर्ष १२ देखि १५ मे सम्म मनाइने गरिन्छ।
अन्तरक्रिया कार्यक्रममा सञ्चार माध्यमको जिम्मेवारी र भूमिका, जनचेतनाको सुधार र तथ्य र प्रमाणमा आधारित कानुन कार्यन्वयनका लागि दवाव तथा सडक सुरक्षाको संस्कृतिलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ।
कार्यक्रममा नेपाल सडक सुरक्षा परिषद् र डब्लुएचओ नेपालका प्रतिनिधी सहित बिभिन्न संचार माधयममा आबद्धा ३० जना भन्दा बढी स्वास्थ्य पत्रकारहरु सहभागी थिए।
उक्त कार्यक्रममा नेपालस्थित विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य सल्लाहकार डा। गाम्पो दोर्जीले राष्ट्रिय सडक सुरक्षाको समस्याको बारेमा प्रस्तुत दिदै सुरक्षित सडक प्रणाली अपनाउनु पर्नेमा जोड दिए। डा.दोर्जीले गुणस्तर र सुरक्षित हेलमेटका मुख्य विशेषताहरूबारे बताउदै हेलमेटको सही प्रयोगमा ध्यान दिनुपर्ने कुरामा जोड दिए। हेलमेटको उचित प्रयोगले सडक दुर्घटना हुदा टाउकोमा चोट लाग्ने जोखिमलाई कसरी बचाउन सकिन्छ भन्ने जानकारी दिए।
डब्लुएचओ नेपालका मानसिक रोग विशेषज्ञ डा केदार माराहट्ठाले मिडियाको जिम्मेवारी तथा सडक सुरक्षासम्बन्धी जनचेतना फैल्याउन, नीति निर्माण र सडकमा सुरक्षित व्यवहारको प्रवर्द्धनमा खेल्न सक्ने भूमिका बारे प्रस्तुती तथा छलफल गरेका थिए।
सुरक्षीत सडकका लागि सबै सरोकारवालाहरुले जिम्मेवारी भएर सक्रिय भूमिका निभाउनु पर्नेमा सहभागीहरुले जोड दिइएको थियो। आर्थिक वर्ष २०२३(२४ मा मात्र ३४ हजार ५ सय २५ सडक दुर्घाटना भएकोमा २ हजार ३ सय ६९ जनाको मृत्यु भएको थियो भने ६ हजार १ सय ६० गम्भिर घाइते भएका थिए। त्यसैगरी सामान्य घाइते हुनेको संख्या २५ हजार ९ सय ९५ रहेको थियो।
कार्यक्रममा डब्लुएचओका डा रइश पोखरेल, ट्राफिक सुरक्षा परिषद्का सदस्य सुरज कुमार प्रधान, तथा रोटरी इन्टरनेशनलका प्रतिनिधी लगायतको सहभागीता थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।