
काठमाडौं ।
मोरङको रतुवामाई नगरपालिका-६ स्थित त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
आइतबार साँझ करिब ७ बजे भएको उक्त दुर्घटनामा रतुवामाई नगरपालिका-५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएकाे हाे ।
दुर्घटना भवानीका छोरा २३ वर्षीय रमेश मेहताले चलाएको प्रदेश १-०२०४५ प ९०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको प्रहरीले जनाएको छ । आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको मोटरसाइकल कुकुरलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकमा लडेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएपछि साँझ ७ः१० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।
घटनापछि मोटरसाइकल चालक तथा मृतकका छोरा रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।