
रौतहट।
रौतहटमा औषधि पसल अनुगमन गर्न गएका औषधि व्यवस्था विभाग बिरगंजका कर्मचारीमाथि कुटपिट भएको छ ।
भारतीय सीमासँग जोडिएको जिल्लाको राजपुर नगरपालिका–४ स्थित औषधि पसल अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीय महिला र गाउँलेहरुले कुटपिट गरेका हुन् ।
बिभागमा दर्ता नगरी औषधि पसल चलाएको, प्रतिबंधित औषधि समेत बिक्री गरेको उजुरीको आधारमा औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्ज टोली सोमवार अनुगमन गर्न जाँदा स्थानीयबाट कुटिएका थिए।
टोलीलाई दर्जनौंको संख्यामा गएका महिला पुरुषले लखेटी लखेटी कुटपिट गरेका थिए। टोलीमाथि कुटपिट र लखेटिएको भिडियो अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ।
स्थानीयको कुटाई बाट फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहले बताएका छन्।
घाइते जयसवाल र शर्माको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि सोमवार नै डिस्चार्ज भएको र अहिले अवस्था सामान्य रहेको छ । विभागका कर्मचारीसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसाद र जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर रुद्रराज कँडेल सहितको टोलि अनुगमनमा गएको थियो।
इन्सपेक्टर कँडेलको मोबाइलको डिस्प्ले फुटाइदिएको उनले बताएका छन्। दर्जनौ महिला पुरुषको भीडले औषधि व्यवस्था विभागका कर्मचारीको कागजात समेत खोसिदिएको प्रहरीले जनाएको छ।
राजपुर गाउँका शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षीदेखि औषधि पसल सञ्चालन गर्दै आएको उजुरी परेपछि विभागको टोली अनुगमनमा गएको बताइएको छ। रौतहटका सिडियो बिनोद कुमार खड्काले विभागका कर्मचारीको माग अनुसार हाम्रो एकजना र प्रहरीको एकजना प्रतिनिधी पठाएको बताएका छन्।
विभागका कर्मचारी माथी भएको कुटपिटको घटना बारे अनुसन्धान भइरहेको सिडियो खड्काले जानकारी दिएका छन् । स्रोतका अनुसार औषधी पसले शेख नेक महमदका दाजु भाईले पारिवारिक विवादको ऋषिवि साध्न केही दिन अघि औषधी व्यवस्था विभाग बिरगंजमा उजुरी दिएका थिए।
पछिल्लो लामो समय देखि विभागका कर्मचारी र बिभागको कार्यक्षेत्र अन्तर्गतको प्रायः सबै ठूला मेडिकल व्यवसायी संग सेटिङ रहेको छ। उनीहरू ठूला औषधी पसलेसँग मासिक रूपमा रकम उठाउँदै आएको स्वयं मेडिकल व्यवसायीहरु बताउँछन्। यिनीहरू सेटिङमा रहेका ठूला ठूला मेडिकल स्टोरहरुमा कहिलै छापामारी अनुगमन गर्दैनन्।
तर, साना साना पसलमा अनुगमनको नाममा रकम असुली धन्दा चलाउने गरेको पाईन्छ। कुनै ठूलो मेडिकल स्टोर बिरुद्द कसैले बिभागमा उजुरी दिए पछी यिनीहरू अनुगमन त जान्छन तर जानु अघि खबर गरेर । यिनको खबर अनुसार जसको मेडिकलको सबै कागजात दुरुस्त छ, औषधिहरू दुरुस्त छ, त्यसले मात्रै मेडिकल खोलेका हुन्छन्। जसको दुरुस्त छैन्, उनको अनुगमनको समयमा ती मेडिकल बन्द हुन्छन् । तर, साना औषधी व्यवसायी मात्र पर्छन्, यीनको जालोमा किनकि त्यसलाई अनुगमन बारे कसैले खबर नै गर्दैनन्।
केही समय अघि रौतहटको कटहरिया बजारमा पनि एउटा सानो औषधी पसलमा यीनको टोली छापा मार्न जाँदा ठूलो बबाल भएको हो। औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय वीरगंजको कार्यक्षेत्र अन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लामा मूल राजमार्गमा ठूला ठूला मेडिकल स्टोर संचालनमा रहेको छ तर यिनीहरु त्यहाँ अनुगमन गर्न कहिल्यै जाँदैनन्।
अनुगमनमा सहभागी औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय बिरगञ्जका सूचना अधिकारी ओम जैसवालले गृह मन्त्रालयमार्फत आएको उजुरीको आधारमा राजापुरस्थित औषधी पसल अनुगमनमा गएको बताए। स्थानिय महिलाहरुले गाउँमा सेवा दिदैआएको मेडिकल बन्द गर्न दिनौं भन्दै अनुगमन टोली माथी हातपात गरेको स्वीकारेका छन्।
बिगतमा बिभागको हाकिम कर्मचारीले कुन औषधी व्यवसायीसँग सेटिङ गरेको थियो थाहा भएन तर अहिले त्यो आरोप गलत भएको न्युज कारखानालाई प्रतिक्रिया दिएका छन्।
-सञ्जय मिश्रा
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।