ललितपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ललितपुर महानगरपालिकाको ५ वटा वडाको वडा अधिवेशन सम्पन्न भएको छ । ललितपुरको भैसेपाटीमा सम्पन्न अधिवेशनले १८ २१ २२ २४ र २५ को सभापति, उपसभापति र सचिव निर्वाचित गरेको छ । ललितपुर क्षेत्रनं ३ का संयोजक विदुर थापा गोर्खालीले ५ वटा वडाको अधिवेशन भब्य रुपमा सम्पन्न भएको जानकारी दिए ।

उनले आउदो ०८२ सालको स्थानीय तहको निर्वाचनमा यसक्षेत्रका सबै वडामा रास्वपाको वर्चस्व कायम गर्नुपर्ने बताए । अधिवेशनले वडा नम्बर १८को सभापतिमा करम्पा महर्जन, उपसभापतिमा प्रसल्लाडंगोल र सचिव नारायण डंगोललाई निर्वाचित गरेको छ । वडा नम्बर २१ को सभापतिमा आनन्द उदास, उपसभापतिमा सरिता कार्की र सचिवमा प्रदिप शाही निर्वाचित भएका छन् । वडा नम्बर २२को सभापतिमा कमल कृष्ण केसी, उपसभापतिमा सुबिन शाक्य र सचिवमा उर्मिला गोतामे निर्वाचित भएका छन् । वडानम्बर २४ को सभापतिमा वेदना दल, उपसभापतिमा परमेश्वर घिमिरे र सचिवमा शंकर खड्का निर्वाचित भएका छन् ।

त्यसैगरी वडानम्बर २५को सभापतिमा ऋषभ रिसाल, उपसभापतिमा सपनकुमार खत्री र सचिवमा करुणा मल्ल निर्वाचित भएका छन् । सबै वडा कमिटीमा ८–८ जना सदस्य निर्वाचित भएका थिए । कार्यक्रममा ललितपुर क्षेत्र नं–३ की सांसद डा. तोषिमा कार्कीले अधिवेशनको उद्घाटन गर्ने विजयी पदाधिकारीलाई शुभकामना दिएकी थिइन्। कार्यक्रममा १८ २१ र २५ मा करिब ५० जना पार्टी प्रवेशगरेको क्षेत्रीय संयोजक थापाले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।