
उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका १३ असारीकी एक महिला स्तन क्यान्सरबाट पीडित भएर ओछ्यानमा हल नचल भएर लडेकी छन् भने आर्थिक अभावले उपचार नपाएको अवस्थामा छिन् ।
पीडित महिलाका पति त्रिनपा १३ का सन्तोष परियारले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार एक वर्षदेखि पीडामा रहेको र आर्थिक अभावका कारण उपचार गर्न पाएको छैन ।
३८ वर्षिय श्रीमती सुस्मिता राई परियार १४ वर्षको एक छोरा र ११ वर्षकी एक छोरीकी आमा हुन । एक वर्षदेखि ओछ्यानमा रोगसँग लडिरहेको जानकारी दिंदै पीडितको पति सन्ताषले आफूसँग भएको सम्पति उपचार खर्चमा सकिएको, एक वर्षदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराउँदा सम्पति सकिएपछि अहिले कोठा भाडा गरेर र उपचार बिहीन अवस्थामा बसेको बताए ।
उनले त्रियुगा नगरपालिकामा श्रीमती उपचारकालागि आर्थिक सहयोग माग्दा विपन्न परिवारलाई दिने सहयोग रकम नै नगरपालिकासँग नभएकोले उपलब्ध गराउन नसकिने जवाफ पाएको बताए ।
बिरामीको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको र साँझ बिहानको छाक टार्न पनि समस्या भएको बताउँदै सन्तोषले वर्षदिनदेखि श्रीमतीको उपचारमा लागेको आफ्नो रोगार पनि नभएको र छोराछोरीको पढाई लेखाई लालन पालनमा समेत बिरामीका कारण संकटपूर्ण अवस्थामा पुगेको बताउँदै सबैसँग श्रीमतीको उपचारकालागि र छोराछोरीको पढाई लेखाईकालागि आवश्यक सहयोग गरिदिन अनुरोध गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।