
काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डां शेखर कोइरालाले गणतन्त्रमा नागरिकलाई अझै सबल र सक्षम बनाउनुपर्छ भन्नुभएको छ । गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना दिनुहुँदै उहाँले गणतन्त्रको शासकीय स्वरूप सहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई हरकोणबाट सवल र सक्षम बनाउन हामीबाट इमान्दार प्रयत्न हुन जरूरी छ भन्नुभएको छ ।
डां कोइरालाले शुभकामना सन्देशमा भन्नु भएको छ, ‘‘नागरिकमा व्याप्त नैराश्यतालाई हाम्रा सत्कर्मले चिर्दै आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गरी न्याय र समानताको अनुभूति गर्नसक्ने समाज निर्माणको पथमा हिँड्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ ।’’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।