आगामी २३ गते राजधानीमा हुने १२औ“ म्युजिक खबर म्युजिक अवार्डमा प्रदान गरिने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ।
म्युजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी कार्यक्रममा प्रदान गरिने सम्मान र पुरस्कारको नाम छनौट गरिएको कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी गराइन्। उनका अनुसार तिलगंगास्थित बेस्ट वेस्र्टन प्लस होटलमा आयोजना हुने कार्यक्रममा ख्यातिप्राप्त गीतकार यादव खरेललाई ५१ हजार रुपिया“ नगदसहित म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ प्रदान गरिनेछ।

सयौ“ गीतका रचनाकार खरेलका गैरी खेतको शिरै हान्यो, चैतमास खडेरीमा डढेलोले वनै खायो, यस्तो पनि हुदो रैछ, नौसय खोला तरेर जाने, उडु“ कि गुडु“ मजस्ता दर्जनौ“ गीत कालजयी सावित भएका छन्। चलचित्र विकास बोर्डको संस्थापक अध्यक्षसमेत रहेका खरेलले नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, लोभीपापी, आदिकवि भानुभक्तलगायतका फिल्मको निर्माण र निर्देशन गरेका छन्।
त्यसैगरी यस वर्षको म्युजिक खबर रजत संगीत सम्मान–२०८१ गायक तथा संगीतकार तिलकसिंह पेलालाई अर्पण गरिने भएको छ। रेडियो नेपाल हुदै उनको स्वर र संगीतमा दर्जनौ“ गीत रेकर्ड भएका छन्। लामो समयदेखि श्रीकृष्ण गुरुकुलमार्फत संगीतको प्रशिक्षकका रूपमा शिक्षित गराउदै आएका पेलाका लुकाउन खोज्दा पनि, के लत बस्यो मलाई, हेर दिन ढल्यो, कथा एउटै, पलपल, निर्जन किनार, तिम्रो याद, कहानी बनेनलगायतका गीत तथा गजल लोकप्रिय छन्।
यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई, म्युजिक खबर युवा सङ्गीत सम्मान गायिका मिना लामालाई, म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार जनही ५ हजार ५ सय ५५ नगदसहित एमपी सुब्बा र दीपाञ्जली शाहलाई, बाल प्रतिभा प्रोत्साहन सम्मान पूजा देवकोटालाई, म्युजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा. रमिल अधिकारीलाई, म्युजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटो पत्रकार प्रदीपराज वन्तलाई र म्युजिक खबर संगीत व्यवसायी सम्मान विमल शाहलाई प्रदान गरिनेछ। म्युजिक खबर म्युजिक अवार्डमा पत्रकार शान्तिप्रिय कार्यक्रम निर्देशक र सुमन पण्डित अध्यक्ष रहेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।