
काठमाडौं ।
नेपाली बजारमा शुक्रबार आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।