
दोलखा।
दोलखा समाज जापानले सञ्चालन गरेको संयुक्त जीवन रक्षा अभियान अन्र्तगत दोलखाका दुई जना मृगौला पीडित र एक जना क्यान्सर पीडित विरामीलाई सहयोग गरिएको समाजका अध्यक्ष सञ्जीव पोखरेलले बताए ।
संयुक्त जीवन रक्षा अभियान अन्र्तगत जापानमा बस्ने दोलखालीसंग सङ्कलन गरिएको दुई लाख १५ हजार जापानीज यनबाट तीन जना विरामीलाई सहयोग गरिएको अध्यक्ष पोखरेलले बताए ।
दुवै मृगौला फेल भई वीर अस्पताल काठमाडौँमा उपचार गराई रहेका दोलखाको विगु गाँउपालिका वडा नम्बर– ४ (साविक लादुकको चित्रे) घर भएका हरि खत्रीलाई नेपाली रुपैया ६३ हजार तीन सय ५०, काठमाडौँ सिनामंगलको मेडिकल कलेजमा मृगौला क्यान्सर रोगको उपचार गराई रहेका दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर– ५ घर भएका सौरभ वस्नेतलाई ६३ हजार तीन सय ५० र भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको उपचार गराई रहेका बैतेश्वर गाँउपालिका वडा नम्बर– ३ घर भएको सरिता अधिकारीलाई ६३ हजार तीन सय ५० रुपैया सहयोग गरिएको अध्यक्ष पोखरेलले बताए ।
दोलखा समाज जापानका अध्यक्ष पोखरेलले तीनै जना विरामीको आफन्तलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा अध्यक्ष पोखरेलले विपन्न तथा गरीवीका कारण समस्यामा परेका विरामीहरुलाई दोलखा समाज जापानले विगत देखिनै सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताए। अध्यक्ष पोखरेलले समाजको अभियानमा साथ दिने जापानमा रहेका सबै दोलखालीलाई धन्यवाद समेत दिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।