
काठमाडौं ।
बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार रुपन्देहीको बेलहियाबाट रायलाई पक्राउ गरेको हो ।
राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो । रायमाथि २ अर्ब ५० करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।
सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने पनि उनलाई भारतीय भूमिबाट पक्राउ गरेको स्रोतको भनाइ छ । सीआईबीका अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।