
काठमाडौँ।
नेपाल डेन्टल एसोसिएसनको शनिबार सम्पन्न १६ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्ष पदमा डा अजय शाह निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा. अच्युत भट्टलाई पराजित गरेका हुन् ।
यस्तै उपाध्यक्ष पदमा डा दिलिप प्रजापति र महासचिव पदमा डा प्रदीप भण्डारी निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा डा लोकेश बर्मा र सहसचिवमा डा दीपक शर्मा निर्वाचित भएका छन् ।
सदस्यहरुमा डा भुमेश काफ्ले, डा सिरिशचन्द्र रेग्मी, डा ईशु घिमिरे, डा सञ्जय रञ्जीत, डा विजिता मण्डल, र डा जुनैद हस्सन निर्वाचित भएका छन् ।
नयाँ कार्यकारिणी समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।