
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले पदभार ग्रहण गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरार्गाइंले प्रमुखको जिम्मेवारी दिएलगत्तै मंगलवार साँझ ५ बजे पदभार ग्रहण गर्नुभएको हो । कमान्ड सम्हाल्दै उहाँले आफ्नो जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था कायम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आफूले पाएको जिम्मेवारी पूरा गर्नेछु ।’ प्रहरी प्रमुख जोशीलाई वरिष्ठताको आधारमा कामपा प्रहरी बलको जिम्मेवारी दिएको हो ।
प्रपअ गुरागाईंले दिएको पत्रमा भनिएको छ– ‘तपार्इंलाई अर्को आदेश वा व्यवस्था नभएसम्म आजकै मितिबाट लागू हुने गरी कामपा महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी तोकिएको छ । तोकिएको जिम्मेवारीमा रही कामकाज गर्नुहुन निर्देशन छ ।’ सो पत्रको बोधार्थ मेयर, उपमेयर, प्रशासन विभाग र कामपा प्रहरी बललाई दिइएको छ । काठमाडौं प्लाजामा रहेका प्रहरी प्रमुख जोशीले वागदरबार मुख्यालयमा पुगेर कमान्ड सम्हाल्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।