
काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नेता कोइरालाले शुभकामना व्यक्त गरेका छन् । समाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्दै उनले भनेका छन् जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सबैलाई शुभकामना ।
सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो ।नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन हुन सकेको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।