
काठमाडौं ।
गृह मन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु भनेका छन् । जसमा समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिहरेको छ ।
जसबारेमा गृह मन्त्री रमेश लेखक पनि संलग्न रहेको अरोप लगाउँदै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए । गृह मन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरुको प्रश्नको जवाफ आउने र संसदमा सबै प्रश्नको जवाफ दिने बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।