
काठमाडौँ।
काठमाडौंको तारकेश्वर नगरपालिका-३ स्थित तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक सडक खण्डमा माइक्रोबस दुर्घटनामा परेको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।
काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उक्कालोमा ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी वृत्त बालाजुले जनाएको छ।
दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मेगा ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीको भनाइ छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।