
काठमाडौँ।
राष्ट्रिय सूचना आयोगले आउँदो भदौ ३ गते देशव्यापी रुपमा राष्ट्रिय सूचना दिवस मनाउने भएको छ । राष्ट्रिय सूचना दिवसलाई देशव्यापी रुपमा मनाउन प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आर्चायको अध्यक्षमा मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समितिमा सूचना आयुक्त गगन विष्ट, दुर्गा भण्डारी पौडेल, सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सचिव संचार तथा सूचना प्रविधि मन्त्रालय, सचिव गृह मन्त्रालय, सचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अध्यक्ष नेपाल नगरपालिका संघ, अध्यक्ष गाउंँपालिका महासंघ नेपाल, संयोजक प्रदेश अनुगमन इकाई, सदस्य सचिवमा आयोगका राष्ट्रिय सूचना आयोगका सचिव रहनु भएको छ ।
बिगत महिनामा आयोगमा परेको उजुरी ६८ वटा उजुरी परेको र यही अवधिमा २४ वटामा ७ दिन भित्र आदेश दिन निर्देशन दिइएको छ । सोही अवधिमा १ सय १० वटा उजुरी फछ्र्यौट गरिएको प्रमुख सूचना आयुक्त डा. आर्चायले जानकारी दिए ।
आयोगले विना कारण सूचना नदिएका कारण कारवाही नगर्ने भनी दुई वटा आदेश भएको पनि उनले जानकारी दिए । यो अवधिमा ८ पटक इजलास बसी ३ सय ३५ वटा पत्राचार भएको पनि उनले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।