
पोखरा।
वैज्ञानिक केशव कुमार बाटाजुलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आर्चायले एक कार्यक्रमबीच वैज्ञानिक बाटाजुलाई सम्मान गरेका हुन् । कार्यक्रममा दूध उत्पादन र गुणस्तरीय दूधको सेवन विषयमा छलफल समेत गरिएको थियो।
कार्यक्रममा प्रमुख आर्चायले दूध उत्पादनको सम्भावनाबारे जानकारी लिंदै पोखरा महानगरपालिकामा स्वच्छ दूध उत्पादन र बजारिकरण अध्यन र कार्यक्रम सञ्चालन गर्नु पर्छ भने । प्रमुख आर्चायले पोखरा महानगरपालिकाको कृषि र पशुपालन क्षेत्रमा योगदानको महत्त्व र वैज्ञानिक तथ्यहरु आवश्यकता बारे पनि धारणा व्यक्त गरे।
त्यस्तै बैज्ञानिक केशब कुमार बाटाजुलेआगामी दिनहरूमा दूध उत्पादनलाई थप प्राथमिकता दिने र सोसम्बन्धी योजनाहरू बनाउनका लागि सुझावहरू समेट्ने बताए।
केशव कुमार बाटाजु एक नेपाली बैज्ञानिक, पशु विज्ञान विशेषज्ञ र अनुसन्धानकर्ता हुन्। उनले जापानमा पशु विज्ञानमा अध्ययन गरेका छन् भने पोखरामा बाटाजु छात्रवृत्ति ट्रस्टका अध्यक्ष रहेका छन्। उनी जापानी समाज पशु विज्ञान, अमेरिकी समाज पशु विज्ञान, र अमेरिकी डेयरी विज्ञान संघका सदस्य पनि हुन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले गुणस्तरीय दूध प्रत्येक पोखरा बासीको घर घर पुराउनु पर्छ भन्दै स्वच्छ दूध उत्पादनमा महानगरपालिकालाई आत्मानिर्भर बनाउनु पर्ने बताए।
यसको प्रयोगलाई प्रवर्धन गर्नका लागि पोखरा महानगरपालिका हेम्जाका दिपेन्द्र बास्तोला, निर्माण व्यवासायी सुरेस श्रेष्ठ खेलाडी दिपक गोदारसहित पूर्ववडा नम्बर ४ अध्यक्ष शंकर बास्तोला शुनिल बस्नेत र देवेन्द्र राज सुवेदी लगायतले चासो व्यक्त गर्दै दूध उत्पादनमा नवीनतम प्रविधिहरूको लगानी गर्ने र स्थानीय किसानहरूको जीवनस्तर सुधारको लागी सुझाव पनि दिएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।