
रौतहट ।
सरकारले बजेट वक्तव्य मार्फत लगाएको कर अव्यवहारिक भन्दै रौतहटका सुनचाँदी व्यवसायीले शुक्रवार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् । सुनमा लगाईको बिलासिता कर र हिरा जवाहरात पत्थरमा लगाएको मूल्य अभिवृद्धि कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीले शुक्रवार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।
सरकारले आगामी आर्थिक बर्ष ०८२-८३ को बजेट वक्तव्य मार्फत सुनमा २ प्रतिशत बिलासिता कर र हिरा जवाहरात पत्थरमा १३ प्रतिशत मूल्य अभिबृध्दि कर लगाएपछि रौतहट सुनचाँदी व्यवसायी संघ, रौतहट आभुषण संघ र चन्द्रपुर सुनचाँदी ब्यबासायी संघको संयुक्त आयोजनामा पुर्बबत व्यवस्था कायम गरिनु पर्ने माग राख्दै सदरमुकाम गौरमा प्रदर्शन गरिएको हो ।
कानुनले सुनलाई नगद सरहको सम्पत्तिको मान्यता दिएको भन्दै उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क र हिरा, जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्नु पर्ने माग सुनचाँदी कारोबार ब्यबसायीको रहेको छ । आन्दोलित व्यवसायीले प्रर्दशनको क्रममा सुन चाँदीको कारोबारलाई प्रोत्साहन गर्नु पर्ने उपभोक्ताहितमुखी हुनु पर्ने, गहना उत्पादक तथा कालिगड, व्यवसायीमैत्री कानुन निर्माण हुनु पर्ने, सुनचाँदीसम्बन्धी ऐन, कानुन र कार्यविधि तुरुन्त जारी गरिनुपर्ने, सानो परिमाणमा ५० ग्राम र १०० ग्रामका सुनका टुक्रा खुल्ला रुपमा पान नम्बर र कर चुक्ता प्रमाणापत्रको आधारमा गहना उत्पादक तथा कालिगड व्यवसायीले खरिद गर्ने पाउनु पर्ने व्यवस्था मिलाइनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन ।
सुनचाँदी, हिरा, जवाहतरातमा लगाइएको करले व्यवसायीलाई मात्र नभएर आम उपभोक्तालाई समेत मार पर्ने भएकाले तत्काल खारेज हुनु पर्ने नेपाल सुनचादी व्यवसायी महासंघका पदाधिकार सदस्य प्रकाश गहतराज सुनारले बताए । यो व्यवस्था लागु भएमा प्रत्यक्ष रुपमा विलासिता कर र भ्याटले चर्को भार पर्ने भएको हुँदा पूर्ववत अवस्था कायम गरिनु पर्ने उनले बताए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।