काठमाडौँ।
काठमाडौं महानगरपालिका– २३ वडा कार्यालयको आयोजनामा आज (शुक्रबार)देखि धर्मपथ महोत्सव सुरु भएको छ। स्थानीयहरुले उत्पादन गरेका हस्तकला सामग्रीको प्रवद्र्धन, नेवाः खाजाको ब्राण्डिङ गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गरिएको हो। सो महोत्सवमा स्थानीय क्बल, संघसंस्थाको सक्रिय सहभागिता रहेको छ ।

महोत्सवमा वडाबाट विभिन्न तालिम भएका महिलाहरुले उत्पादन गरेका विभिन्न सामग्री र नेवाः खानाका प्रकारहरुको स्टलहरु राखिएका छन्।

त्यसैगरी बालबालिकाहरुलाई मनोरञ्जन गर्ने किड्स जोन पनि महोत्सवमा राखिएका छन्। महोत्सवमा अहिले कुटुम्ब ब्याण्डको प्रस्तुती जारी छ।












यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।