
उदयपुर।
उदयपुरको बेलका नगरपालिका वडा नं ५ मा करेन्ट लागेर एकजना महिलाको ज्यान गएको छ । शुक्रवार बिहान साढे आठ बजे कुखुराको फर्ममा काम गर्ने क्रममा करेन्ट लागेर १७ वर्षकी दुर्गा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कुखुरा पालेको ठाउँमा सरसफाइ तथा कुखुरालाई चारो दानापानी दिने क्रममा करेन्ट लागेर छटपटाइरहेको अवस्थामा नातेदारले देखेर तत्काल नै रामपुरस्थित नगर अस्पतालमा उपचारकालागि लगिएकोमा बिहान साढे नौ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ ।
मृतक बेलका नगरपालिका ५ का सञ्जीव कार्कीको छोरी रहेको र घरसँगै रहेको कुखुराको फर्ममा दैनिक जसोे नै काम गर्ने गरेको र शुक्रवार बिहान पनि कुखुराको फर्ममा काम गर्न गएकी थिइन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले आवश्यक कानुनी प्रकृया पुरा गरी मृतकको लाश पोष्ट मार्टमको लागि बेलका नगरपालिकामा मेडिकल अधिकृत नभएकोले चैदण्डीगढी नगरपालिकाको नगर अस्पताल बेलटार पठाइएको छ साथै सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।