
काठमाडौँ।
काठमाडौंको बूढानीलकण्ठमा दुई जनाको शव फेला परेको छ।
बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटस्थित साढे दुईतले घरको कोठा भित्र एक जना भारतीय परम नारायण गिल र धादिङकी अन्जना तामाङ मृत फेला परेका हुन्।
अन्जनाको शव सोफामा फेला परेको थियो। उनको टाउकोमा चोट देखिएको थियो भने परम नारायण गिल सोही कोठाको भुइँमा मृत फेला परेका थिए। उनको भने शरीरमा कुनै पनि चोट देखिएको थिएन। नजिकै एउटा ह्याम्मर पनि फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको शव नजिकै एउटा विषादीको बट्टा फेला परेको र हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिएको छ। शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।