
धरान ।
धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चरम उत्कर्षमा पुग्दै गएको छ ।
दुई जनाप्रतिनिधिको बिबादले मंगलबार दिनभर नगरपालिका कार्यालय परिसर भित्र तनावग्रस्त बनेको थियो । श्रमदान कार्यक्रमका नाममा नगरपालिकाका साधनस्रोतको प्रयोग र त्यससँग जोडिएको भुक्तानी प्रकरणलाई लिएर केही दिनदेखि प्रमुख र उपप्रमुखबीच विवाद हुँदै आएको थियो ।
सोमबार उपप्रमुखले श्रमदानको भुक्तानी रोकेपछि प्रमुख साम्पाङ्गले त्यसको प्रतिवाद गरेका थिए । सो क्रममा उनका समर्थकहरूले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए । मंगलबार नै नगर प्रमुख पक्षकै अर्को समूहले उपप्रमुखको कार्यकक्ष घेराउ समेत गरेको थियो ।
सो क्रममा एक अर्काविरुद्ध नारावाजी समेत गरेका थिए । स्थिति बिग्रिन नदिन सुरक्षाकर्मी तैनाथ राखिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।