
उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित गाईघाट बजारमा रहेको आपाज क्याफेमा त्रियुगा १३ असारीका एक युवक बुधबार मृत फेला परेका छन् ।
मंगलबार साँझ त्रियुगा नपा १३ का विशाल हमाल ठकुरी आपाज क्याफेमा आएको र त्यही खानपिन गरेर बसेकोमा बुधबार बिहान अबेरसम्म पनि नउठेपछि क्याफेका संचालक विकास राई तथा अन्य कामदारहरुले ढोका खोलेर हेर्दा वियरका बोतलसहित उनी मृत अवस्थामा फेला परेकोले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले उनी सुतेको कोठामा लागु औषधका सामान वियरका बोतल लगायतका सामान फेला पारेको र यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान थालेको र मृतकको लासलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा लगिएको जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।