
बाजुरा ।
बाजुराको प्रसिद्ध बडिमालिका तीर्थयात्राका क्रममा अस्वस्थ भएका पाँच सयभन्दा बढी यात्रुलाई नेपाली सेनाले उपचार सेवा प्रदान गरेको छ।
उच्च हिमाली भेगमा रहेका कठिन भौगोलिक अवस्थाका कारण यात्राका क्रममा धेरै यात्रु बिरामी परेपछि सेनाले आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गरेको हो।
सेनाले विभिन्न स्वास्थ्य सामग्री तथा चिकित्सकसहितको टोलीमार्फत घाइते र बिरामी तीर्थयात्रीलाई प्राथमिक उपचार प्रदान गरेको जानकारी दिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।