काठमाडौं ।
६१औँ बाल दिवसका अवसरमा यस विद्यालय ऋतम्भरा स्कुल खनियाखर्कमा सिड्नी, अस्ट्रेलियास्थित कृपया फाउण्डेशनले उपलब्ध गराएको ७७ थान स्विटर, ८० थान बेल्ट र ८० थान टाई वितरण गरी दिवस मनाएको छ ।
भ्रष्टाचार नियन्त्रणको मागसहितको प्रदर्शनमा भएको सरकारी दमन र प्रतिकूल मौसमका कारण भब्य कार्यक्रम आयोजना गर्न नसकी विद्यालयको एउटा कोठामा सीमित भएर कार्यक्रम सम्पन्न गरिएको हो ।
यस विद्यालय ऋतम्भरा स्कुल खनियाखर्कले बाल दिवसको शुभकामना दिंदै कृपया फाउण्डेशनप्रति आभार व्यक्त गरेको छ ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।