
काभ्रे ।
काभ्रेको बनेपा नगरपालिका–९ लाईकुमा डेरा गरी बस्ने मण्डनदेउपुर–७ का ३४ वर्षीय सन्तोष श्रेष्ठलाई कटुवा पेस्तोल १ थान र ३६ राउण्ड गोलीसहित प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्राबाट खटिएको टोलीले कोठा तलासी गर्ने क्रममा पेस्तोल बरामद गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।