
काठमाडौँ।
पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका-४ चिउरीवासमा शुक्रबार जिप दुर्घटनामा परी ८ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले मृतक ३ जनाको नै पहिचान खुल्न नसकेको जनाएकाे छ ।
घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको प्रहरीले बताएकाे छ। दुर्घटनाको कारण भने खुल्न नसकेको कार्यालयले जनाएकाे छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।