०८ कात्तिक , राजविराज – सप्तरीको हनुमानगर कंकालनी नगरपालिका –१ भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा यस वर्षको बडादशैँमा रु १४ लाखभन्दा बढी आम्दानी भएको छ ।
बलीसहित विभिन्न शीर्षकमा रु १९ लाख २३ हजार ८६० आम्दानी भएको कंकालनी मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले साधारणसभामा जानकारी दिनुभयो ।
दशैँको पूजापाठ र मेला व्यवस्थापनमा रु चार लाख ९२ हजार २१ खर्च कटाउँदा भएको रु १४ लाख ३१ हजार ८३९ आम्दानी मन्दिर विकास कोषमा राखिएको बताइएको छ । मन्दिरमा प्रत्येक वर्ष महानवमीका दिन राँगाको बलि दिने चलन छ ।
रासस