नन्दु यादव ,
जेठ१६ बेलाटारी ।
जिल्लाको प्रतापपुर गाउपालिकाकाे कार्यालय लाई अाज राजपा द्वारा घेराउ गरिएको छ । राजपाले लगातार सबिधान संशोधनमा जोड दिदै आइरहेको छ । बिना संविधान संशोधनको सरकारले मधेसमा चुनाव गराउन लागेको बिरोधमा रा.ज.पा द्वरा मंगलवार प्रतापुरमा रहेकाे प्रतापपुर गाउपालिकाकाे कार्यालय लाई घेराउ गरेको थियो । बिना संशोधन चुनाव गराएमा हामी चुनाव हुन दिदैनौ र बहिष्कार पनि गर्छौ राजपाले बारम्बार चेतावनी दिदै आइरहेको छ ।प्रतापपुर गाउपालिका घेराउ गर्ने क्रममा राजपाका नेताहरु सरकार बिरुद्ध विभिन्न किसिमकाे नाराबाजि गरेका थिए। पहिला सविधान संशोधन गर त्यसपछि चुनाव गराउनको मांग गर्दै आइरहेको राजपाले प्रतापपुर गाउपालिकाकाे कार्यालय लाई मंगलवार अधिक संख्यमा मधेशी जानताहरुले स्थानिय निकायकाे कार्यालयलाई घेराउ गरिएकाे राजपाका बिद्यार्थी नेता युवराज माैर्यले जानकारी दिनु भयाे । प्रतापपुर गाउपालिका कार्यालय घेराउ कार्यक्रम काे मध्य नजर गर्दै ईलाका प्रहरी कार्यालय बेलाटारीकाे निर्देशनमा मंगलावर बिहान देखि प्रतापपुर गाउपालिकाकाे कार्यालयमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरेको थियो । प्रतापपुर गाउपालिका,सरावल,पाल्हिनन्दन लगायतकाे स्थानिय निकायमा राजपाले घेराउ गरेकाे राजपा ले जनाएकाे छ।