दाङ ८ बैशाख। नेवार समुदायको छैठौँ राष्ट्रिय अधिवेशनको आज घोराहीमा उद्धघाटन भएको छ । नरेश ताम्रराकारको सभापतित्वमा तथा मल्ल के सुन्दर को प्रमुख आथित्यता तथा धु्रवराज भारीको विशिष्ट आथित्यमा अधिवेशनको उद्धघाटनमा गरिएको हो ।
कार्यक्रममा बोल्दै पुर्व सांसद शान्ता चौधरीले स्थानीय तहको चुनावमा आदिवासी जनजाती प्रतिनिधित्व गर्नुपर्ने तथा नेकपा एमालेलाई आदिवासी जनजातीको विरोधि भनिए पनि नेकपा एमाले कदापी आदिवासी जनजातीको विरोधी नभएको बताउदै नेवार समुदाय बाट पनि स्थानीय चुनावमा प्रतिनिधित्व गर्नुपर्न कुरामा जोड दिनुभयो । यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव शंकर प्रसाद डाँगीले विविधता भित्र एकता भएमात्र देशले शान्ति र लोकतन्त्रको अनुभुति गर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य धुर्वराज श्रेष्ठ ,संगितकार मथुराप्रसाद श्रेष्ठ, दाङ उद्योग वाणिज्यसंका अध्यक्ष हेमराज बन्जाडे ,नेपाली काँग्रेसका जिल्ला सचिव शंकर प्रसाद डागी ,नेकपा एमालेकी केन्द्रिय सदस्य शान्ता चौधरी ,नेकपा माओवादीका पोलिटब्यरो सदस्य जीवन गौतम ,रा.प्र.का का नगर अध्यक्ष उमाकान्त भण्डारी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमा नेवार समुदायका विभिन्न नृत्यहरुमा प्रशिद्ध विभिन्न नृत्य सहित डिया नृत्य प्रस्तुत गरीयको थियो । यो नृत्य पौरानीक देवी देवताका नृतय भएको बताइएको छ । साथै दाङको पहिचान थारु झाकी पनि देखाइएको थियो । अधिवेसन समापन कार्यक्रम भोली हुने आयोजकले बताएको छ भने कार्यक्रमको सहजीकरयण माईला दाइले गर्नु भएको थियो ।