नन्दु यादव ,
जेठ२३ बेलाटारी प्रहरी र स्थानिय समुदायलाई समाजमा शान्ति स्थापना र सामुदायिक सुरक्षाकाे लागि सहकार्य गर्ने उदेश्य ले भाेलि देखि बेलाटारीमा ३ दिवसिय नागरिक प्रहरी ड्रामा क्लिनिक सुरु हुने भएकाे छ।३० जना स्थानिय र १० जना प्रहरीलाई सहभागी गराई बिभिन्न अनुभवमा अाधारित नया तरिकाले समूह कार्य ,प्रभावकारी समन्वय ,प्रभावकारी सन्चार जस्ता कार्य गराई नागरिक र प्रहरीकाे बिचमा भएकाे दुरि लाई सुमधुर सम्बन्ध बनाउने उदेश्य ले कार्यक्रम सन्चालन गरिएकाे हिमालयन सामुदायिक बिकास मन्चका प्रमुख सुरबिर स्थापित ले जानकारी दिनु भयाे ।कार्यक्रम बारे जानकारी गराउने उदेश्य ले अाज बेलाटारी मा पत्रकार सम्मेलन गरि भाेलि देखि हुने ड्रामा क्लिनिकाे बारेमा जानकारि गराईएकाे थियाे ।प्रतापपुर, जमुनिया,गुठिप्रसाैनि र बैदाैलि साबिक गा. बि. स. का स्थानिय सघसस्था, कल्ब समूह, महिलासमुह लगायत बाट प्रतिनिधिकाे सहभागिता रहने बताईएकाे छ। हिमालयन सामुदायिक बिकास मन्च ,सर्च फर कमन ग्राउन्ड, ईलाका प्रहरी कार्यालय काे सहयाेमा कार्यक्रम सन्चालन गरिएकाे सर्च फर कमन ग्राउन्ड कि बालिका चाैधरी ले बताउनु भयाे।कार्यक्रम मा मुख्य गरि यहाका समस्या बारे अध्यन गरि समस्या लाई नाटककाे मार्फथ स्थानियलाई जानकारी गराईने र नागरिक र प्रहरी साथिहुन भनी स्थानिय जनतामा महुशस गराउने उदेश्य रहेकाे।कार्यक्रम जेठकाे२४,२५ र२६ गते सम्म सन्चालन त्रिभुवन क्याम्पस बेलाटारीमा हुने बताईएकाे छ।