टंक सुनार
रुपन्देही ,जेठ २३ । नेपाली काग्रेस देवदहले देवदह नगरपालिको मेयरमा क्षेत्रिय सभापति हिरा बहादुर केसीलाई अघि सारेको छ । स्थानिय स्तरमा लामो समय छलफल गर्दा पनि नाम टुङ्गो लाग्न नसकेपछि केन्द्रमा पठाइएको थियो । केन्द्रले हिरा बहादुर केसीलाई टिकट दिएको हो । युवाहरु माझ निकै लोकप्रिय केसी ब्यवसायि हुन । नेपाली काग्रेसका नेता कार्यकर्ताले मेयर पदमा विजयी हासिल गर्न सक्ने उमेदवारको रुपमा केसीलाई हेरेका थिए । तर मेयर पदमा आकाक्षिको संख्या ठुलो भएका कारण केन्द्रमा पठाउनु परेको थियो ।
लामो समय देखि विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल केसी संर्घर्षशिल ब्यक्ति हुन । सानो उमेर देखि नै संर्घषमय जिवन विताएका केसी संग सामान्य मजदुर देखि मालिक सम्मको अनुभव छ । अहिले केसीको एकल तथा सामुहिक गरी करीब एक दर्जन कम्पनी सञ्चालनमा छन । मेयर पदको टुङ्गो लागे पनि उपमेयरको भने अझै टुङ्गो लागेको छैन । मेयर उमेदवारको प्रत्यासी धेरै भएका कारण नाम टुङ्गो लगाउन ढिला भएको र एक दुई दिन भित्रै टुङ्गो लाग्ने नगर सचिव अर्जुन पोख्रेलले जानकारी दिनु भयो । काग्रेसको तर्फबाट देवदह उद्योग बाणिज्य संघकी उपाध्यक्ष मिना श्रेष्ठ,महाधिवेशन प्रतिनिधि भगवती गैरे,क्षेत्रिय सदस्य लक्ष्मी न्यौपाने र महासमिती सदस्य पार्वती न्यौपानेले उपमेयरको टिकटको दावीदारी गरेका छन ।