टंक सुनार
रुपन्देही ,जेठ २३ । युवाहरुको दुई समुह विचको कुटाकुटको बिषयलाई लिएर मंगलबार देवदह प्रहरी घेराउ गरेपछि स्थीती तनावपुर्ण बनेको थियो । नवलपरासीको सुनवल–८ वैरागनाथका स्थानियले निर्दोश ब्यक्तिलाई पक्राउ गरीएको भन्दै प्रहरी चौकी घेराउ गरेका हुन । रुपन्देहीको देवदह नगरपालिका वार्ड नम्बर १ , ६नम्बर चोकका २२ बर्षीय होमनाथ ढुङ्गानालाई गत जेठ १५ वैरागनाथका युवाहरुले रड प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले वैरागनाथका सन्ते महतो र सागर थापालाई पक्राउ गरेको थियो । पक्राउ परेका महतो र थापा निर्दोश भएको भन्दै पिडित पक्षले छाडिदिन अनुरोध गरेता पनि प्रहरीले अभियुक्तहरु पक्राउ नपरे सम्म उनिहरुलाई नछाड्ने बताएको थियो । प्रहरीले उनिहरुलाई प्रहरीको गाडी तोडफोड गरेको बताएको छ ।
प्रहरी रातिको समयमा गएर गाउँले माथि हातपात गर्न खोजेपछि प्रहरी माथि स्थानियले आक्रमण गरेको वैरागनाथका स्थानिय अनिल लामाले बताउनु भयो । स्थानियले प्रहरीले रातको समयमा गएर महिला तथा बृद्ध बृद्धालाई पेस्तोल देखाएर धम्काउँदै हातपात गरेको आरोप लगाएका छन । प्रहरीले भने स्थानियले आक्रमण गरेपछि तर्साउनका लागि पेस्तोल देखाएको बताएको छ । स्थानियलाई हातपात गरेको कुरा झुठा भएको प्रहरीको भनाई छ ।
स्थानियले निर्दोशलाई तत्काल छाड्न आग्रह गरेका थिए तर प्रहरीले भने सामान्य घटनालाई राजनैतिक रङ्ग दिएर प्रहरी प्रशाषन माथि दवाव दिन खोजेको र दवावमा काम गर्न नसक्ने भन्दै मुद्धा नहेर्ने बताएको थियो । स्थति थप भड्कने डरले इलाका प्रहरी कार्यलय बुटवलबाट थप प्रहरी समेत मगाइएको थियो । तर त्यस्तो कुनै अप्रिय घटना भने हुन पाएन । प्रहरी प्रशाषन स्थानिय राजनैतिक दलका नेता र पिडित पक्षको वार्ता पस्चात पिडितको उपचार खर्च ब्यहोर्ने र फरार अभियुक्त प्रक्राउ गर्न स्थानियले सहयोग गर्ने सहमति भएको देवदहका प्रहरी चौकीका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिनु भयो । युवातीको बिषयलाई लिएर दुई पक्षका युवाहरु विच झगाडा भएको थियो ।