०७ पौष , बाजुरा – बुधबार राती बाजुराको गौमूल गाउँपालिका वडा ४ मा स्थानीयबीच झडप हुँदा आठ जना घाइते भएका छन् ।
घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका चार जना भिके कामी, देवे कामी, मनकामी, रमेश रोकायालाई जिल्ला अस्पताल मार्तडीले नेपालगञ्ज रिफोर गरेकोछ । अन्य चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । झडपमा तीन राउन्ड गोलीसमेत चलेको थियो ।
झपडमा सामान्य घाइते हुनेमा रमेश रोकाया, बिर्के कामी, अशबहादुर कामी र भिके बिक रहेका छन् । घाइतेका अनुसार, आक्रमणकारीले धारिलो हतियार, ढुङ्गा, लाठी प्रहार गरेकका थिए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।