सचिन पंगेनी/अन्तराष्ट्रिय समाचार
नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा रुपन्देहीको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ सो संस्थाका अध्यक्ष गोपाल ढकालको विशेष पहलमा सिड्नीमा रक्तदान कार्यक्रम गरिएको हो। देवदह बाट अष्ट्रेलियाको भ्रमणमा आउनुभएका ढकालले अष्ट्रेलियाको भ्रमणलाई रक्तदान गरि अर्थपूर्ण बनाउनुभयो।
सिड्नी स्थित अष्ट्रेलियन रेड्क्रस ब्लड सर्भिस च्याट्सउड डोनर सेन्टर ,४३६ भिक्टोरिया एभिन्यु मा उल्याख्य रक्तदाताहरुको सहभागितामा रक्तदान गरिएको थियो। २० जनवरी २०१८ शनिबारका दिन सम्पन्न सो कार्यक्रममा रक्तदातालाई अध्यक्ष ढकालले प्रमाण पत्र प्रदान गर्नुभएको थियो।
अष्ट्रेलियन रेड्क्रस ब्लड सर्भिस च्याट्सउडका कम्युनिटी रिलेसन अफिसर “जोन फेट” लाई रक्तदान पश्चात ढकालले मायाको चिनो स्वरुप भगवान गौतम बुद्धको सानो मूर्ति टोकनअफलभ प्रदान गर्नुभएको थियो।
सिड्नीमा सो रक्तदानको संयोजन देवदहका अनिल पाण्डेले गरेका थिए। नेपालबाटै अष्ट्रेलिया भ्रमणमा आउनुभएका ढकालको विशेष पहलमा रक्तदान सम्पन्न भइसके पश्चात उहाँकै निवासमा पुगि संचारकर्मी महेश्वर शर्माले सो कार्यक्रमबारे केहि बताईदिनुस न भनि सोधेका थिए ।
उहाँले भन्नुभयो ” सिड्नीमा गरिएको यो रक्तदान कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण रक्तदाता महानुभावहरुलाई धन्यबाद दिन चाहन्छु,मेरो अष्ट्रेलियाको यो छोटो भ्रमणलाई अर्थपूर्ण बनाउने सबै प्रति आभारीछु,उहाँले थप्नुभयो असनेपालन्यूजमार्फत तपाईँले गर्नभएको सहयोगप्रति विशेष आभारी छु भन्नुभयो। कुराकानीकै क्रममा उहाँले थप्नुभयो आगामीदिनहरुमा पनि नेपाल रेड्क्रस सोसाइटी देवदह उपशाखा रुपन्देहीको आयोजनामा यस्तै कार्यक्रम गर्न पाईयोस “भन्नुभयो।
परोपकारी कार्यमा सदैव लागिरहने ढकाल ,देवदह उद्योग बाणिज्य संघका अध्यक्ष ,महाकालि शक्ति पिठका संरक्षक ,रक्त संचार सेवा केन्द्र बुटवलका कार्यसमिती सदस्य समेत हुनुहुन्छ।