१९ माघ , काठमाडौँ – दुईदिने भ्रमणमा नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलेलाई बधाई दिदै नेकपा एमाले अध्यक्ष केपी ओलीले स्वागत गदै भने बधाईप्रति धन्यवाद व्यक्त गर्दछु । नेपाल–भारतबीचको सम्बन्धलाई हामी नयाँ उचाइबाट अघि बढाउन चाहन्छौँ ।
आजको चेतना, आवश्यकता र आजको अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा दुई सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकहरूबीचको सम्बन्धलाई कसरी लिएर जानुपर्छ भन्ने हिसाबले अघि बढ्न चाहन्छौँ ।
हाम्राबीचमा साझा शत्रु गरिबी छ । हाम्राबीचमा काम गर्न सकिने आर्थिक समृद्धि, विकासको बाटोमा साझा हिसाबले अघि बढ्न चाहन्छौँ । यसमा एक–अर्कालाई सहयोग गरेर जाने हाम्रो उद्देश्य हो ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।