कमल न्यौपाने । युएई ।
लुम्बिनी अञ्चलको मध्य भागमा अवस्थित रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाबाट रोजगारिको शिलशिलामा यूएईका विभिन्न ठाउँमा छरिएर वसोवास गर्दै आएकाहरु एकजुट भएका छन । सम्पूर्ण जातजातिहरु बिच भाषा,रितिरिवाज,धार्मिक परम्पराको संरक्षण र सम्वर्धन गर्न पारस्परिक सहयोग,समझदारीको बिकास गर्दै संस्कृति,सदभाव र सहयोगको भावानालाई बिकास गर्न सबै एकजुट हुने भावनाका साथ सैनामैनावासी युएीमा एक हुने भएका हुन । आफ्नो क्षेत्रका समग्र जातजातिको उत्थान,प्रगती र पहिचान गर्दै विविध कार्यक्रमहरुको माध्यमबाट सामाजिक,आथिक,सांस्कृतिक एवम वौद्धिक क्षेत्रमा यथोचित योगदान पु-याउनको लागि एक संस्थागत व्यवस्था (सामाज) को आवश्यकता महसुस गरी युएईमा रहेर रोजगारी गरिरहेका सैनामैना नगरवासीले सैनामैना सेवा समाज,युएई गठन गरेका हुन । गत शुक्रबार १६ मार्चको दिन बसेको प्रथम भेलाले सैनामैना सेवा समाज,युएईको गठन गरी न्यायिक, प्रजातान्त्रिक,सन्तुलित सौहार्दपूर्ण वातावरणबाट समाजलाई सञ्चालन गर्दै निरन्तरता प्रदान गर्न वाञ्छनीय भएकोले सैनामैना सेवा समाज,यूएईको सम्पूर्ण प्रशासनिक कार्यहरु समाजको विधान अनुरुप रहने भेलामा उपस्थित सबैको भनाई रहेको छ ।
समाजको अध्यक्षमा राम प्रसाद पाण्डे, उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डे महासचिवमा यूबराज भट्टराई,सचिवमा इश्वरी न्यौपाने,कोषाध्यक्षमा केशव ढकाल र सह-कोषाध्यक्ष मोहन बीर बमरेल रहेका छन । यादव ढकाल दुर्गा भुर्तेल पदम तिवारी बिकास गौतम ,नन्द लाल पाण्डे ,बिष्णु ज्ञवाली ,प्रमेस चौधरी मिना रेग्मी ,लक्ष्मी भण्डारी ,जिवलाल तिवारी ,चोलाकान्त न्यौपाने सृजना पोख्रेल न्यौपाने ,उमेश काफ्ले , अमृत ढकाल ,घनश्याम पाण्डे ,राजु भट्टराई ,बिष्णु न्यौपाने ,प्रेम पाण्डे ,दिलिप भण्डारी ,प्रकाश् पन्थ ,चन्द्र मणि गैर ,प्रकाश खनाल ,दीपक भण्डारी ,नरेश ज्ञवाली कृष्ण थापा समाजको सदस्यमा रहेका छन । भेलाले केशव भुर्तेल,मुमान सिंह बमरेल,चोलाकांत न्यौपाने,गंगाधर पाण्डे,बिष्णु न्यौपानेलाई समाजअको सल्लाहकारमा चयन गरेको छ ।
भेलामा बोल्दै समाजका महासचीव युवराज भट्टराईले सैनामैना सेवा समाज युएईलाई चुस्त र दुरुस्त समाजको रूपमा पहिचान गराउन आफुहरु निरन्तर लाग्ने जानकारी गराउनु भयो । भेलामा उपस्थित बक्ताहरुले आ-आफ्नो मन्तव्य राख्दै समाजअलाई अघी बढाउन सहयोग गर्ने कुरामा एक ढिक्का भएर लाग्ने मन्त्ब्य राखेका थिए ।