टंक सुनार
रुपन्देही ,असार ११ । दोस्रो चरणको स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा राजनैतिक दलका नेता कार्यकर्तालाई चुनावी चटारोले भ्याइनभ्याइ भइरहेका वेला किसानहरु भने धान रोप्न ब्यस्त भएका छन । पानि परेपछि रुपन्देहीको अधिकांश स्थानमा किसानहरु धान रोप्न ब्यस्त भएका हुन । नेताहरु आफ्ना उमेदवारलाई जिताउन ब्यस्त भइरहेका वेला मतदाताहरु भने बर्ष भरी खाने अन्न धान रोप्न ब्यस्त छन ।
किशानहरु धान रोप्न लागेपछि वार्डमा घरदैलोमा हिड्न कार्यकर्ता जुटाउनै गाह्रो भएको नेताहरुको भनाई छ । जिल्लाको शहरी क्षेत्रमा चुनावको रौनक लागेपनि ग्रामिण क्षेत्रमा भने किशानहरुलाई धान रोप्न भ्याइनभ्याइ छ । रुपन्देही धान उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । सिचाइको उचित ब्यवस्था नुहँदा आकाशे पानिको भरमा खेती गर्नु परेको किशानहरुको दुखेसो छ ।