गजल
साथीले नाटक गरिराछ किन हाेला ?
उस्तालाई उस्तै परिराछ किन हाेला ?
याे चाेटी त पक्कै सरकारी हुन्छु भन्याे
भाग्य पनि मेराे सरिराछ किन हाेला ?
जसरी किरा बाँच्नलाई नाटक गर्छ
मान्छे पनि सधै मरिराछ किन हाेला ?
दुख गरि माैरीले जब मह जम्मा गर्छ
अरुले नै खाने ठरिराछ किन हाेला ?
भन्न सम्म भने मन्त्रीलाई युवाले नि
उत्तर भन्न पनि डरिराछ किन हाेला ?
चुनाव पनि झुण्ड भिन्न भागमा गराएर
मदेशिकाे माग पनि टरिराछ किन हाेला ?
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत