जापान । नेपाललाई माया गर्ने र नेपालको विकासका कार्यक्रममा संलग्न जापानी नागरिकहरु र नेपाली बौद्धिक समुदायबीच टोकियोमा छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ । सोमबार (२८ गते) नेपाललाई नजिकबाट नियालेका जापानी नागरिकहरु र जापानमा रहेका नेपाली बौद्धिक बर्गले नेपालको विकास सम्भावनाबारे गहन छलफल गरेका हुन् ।
जापानको साईतामा विश्वविद्यालयका प्राध्यापक ईतो यूकीले नेपाली विद्यार्थीहरुको जापान आगमन र उनीहरुको अवस्थाबारे छोटो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागिले आफ्ना विभिन्न जिज्ञासा तथा सुझावहरु राखेका थिए ।
अनौपचारीक रुपमा गरिएको सो कार्यक्रममा नेपालका लागि पूर्व राजदुत लगाएत लामो समयसम्म नेपालमा जीवन व्यतित गरेका र विकास प्रक्रियामा संलग्न भएका जापानी समुदायको पनि उपस्थिती रहेको थियो । त्यस्तै, कार्यक्रममा जापानलाई कर्मथलो बनाई अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्रमा संलग्न नेपालीहरुको सहभागिता थियो । कार्यक्रमको संयोजन टोकियोस्थित टोयो विश्वविद्यालयका उप–प्राध्यापक वीरेन्द्र भैलाले गर्नु भएको थियो ।
करिब ३ घण्टा चलेको उक्त कार्यक्रमले नेपाली र जापानी समुदायबीच थप सम्बन्ध सुमधुर बनाउनको साथै नेपाललाई आगामी दिनहरुमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयम पनि गहन छलफल गरेको छ । टोक्यो स्थित जेनतुन्देइ मेडिकल विश्वविद्यालयका उप–प्राध्यापक डा. लक्ष्मीकुमार पराजुलीले कार्यक्रमले दुइ देशबीचको सम्बन्धमा थप नवीनतम् छाएको धारणा व्यक्त गर्नु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।