दोलखा, (नेस)
बालुवा बोक्ने मिनीट्रकका सहचालकको काम गर्दै आएका एक बालकको तामाकोसी नदीमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
दोलखा शैलुङ गाउँपालिका–८ शैलुङगेश्वर चित्रेका १४ वर्षीय बालक प्रकाश तामाङको पौडी खेल्ने क्रममा तामाकोसी नदीमा डुबेर मुत्यु भएको किराती छाप प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विजयप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मृतक तमाङ बा४ख २९७ नम्बरको मिनीट्रकमा सहचालकको रुपमा काम गर्दै आएका थिए । तामाकोसी नदीमा बालुवा लिन गएको बेला मृतक तमाङ पौडी खेल्न गएको र उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।