बीरबहादुर बम, मुगु
मुगुको ४ वटा स्थानिय तह मध्य बिकास र आयको अबस्था नियून रहेको सोरु गाउँपालिकाको वडा नं ८ कच्चे गाउँसम्म सडक यातायात अन्तरगत जिब र ट्रक पुगि पहिलो परिक्षणम राम्रो देखिएकोले स्थानियको बर्षै देखिको गाडि चढन्े सपना पुरा भएको छ ।
बर्षैदेखि निमार्णधिन सडकको रुपमा रहेको गमगडि गिलाहाँ सडक खन्डमा आज गाडि गुडेपछि स्थानिय हर्षित भई गाडि उदघाटनको क्रममा त्यहाँ पुगेका गा्रमणि पहुँच कार्यक्रमका कर्मचारी , स्थानिय निकायका पदाधिकारी सरकारी र गैरसरकारी कार्यालयबाट गाडि लिएर त्यहाँ पुगेका सबैलाई अबिर ,माला ,दोसल्ला ओढाएर र मिठो परिकार अपलब्ध गराई स्थानियले भब्य स्वागत गरेका थिए ।
उत्त सडक उदघाटनको क्रममा २ दजैन भन्दा बढि जिप र ट्रकमा भरिभराउ मानिसले सदरमुकाम गमगढि र सोरु गाउँपालिका बस्तिमा आवत जावत गरेका थिए । भने सस्तो दरमा बर्षैदेखि सदरमुकाम गमगढिमा थन्किएर रहेको सामान समेत गन्तब्य स्थान तिर लिएका थिए ।
ग्रामिण पहुँच कार्यक्रम तेस्रो चरण अन्तरगत बिगत सन २०१३ अक्टोबरबाट सदरमुकाम गमगढिदेखि धैनकोट धूलाचैर अन्तरगत गिलाहाँसम्मको २३ कि.मि मध्य १७ किमि सम्मको सडक राम्रो देखिएकोले सदरमुकाम गमगढिदेखि सोरु गाउँपालिकको कच्चे सम्मको सडक प्राबिधिक दृष्टिले निमार्ण कार्य सम्मपन्न भई सकेकोले यातायातको आवागमन सहज भएको हो ।फोर विल टेस्ट्र ट्राईभ बाट सडक गुणस्तरियर राम्रो देखिएको उपस्थित प्राबिधिकले कार्यक्रममा बताएका छन् । कुल लागत ४८ करोड रकम बितरण भएको थियो ७० वटा गुप्र वर्क छनोट गरी १४ सय मानिसको निरतरको मिहिनेतबाट आज सोरुवासीको गाडि चढने सपना पुरा भएक छ ।
गाडि मात्र चढाएनै हामीले स्थानिय कामदारलाई रोजगारी सृजना समेत गरिदियौ गा्रमिण पँहुच कार्यक्रमका केन्द्रिय संयोजक बिस्नुराम बिस्ट बताउँनु हुन्छ ।
निरन्तर ४ बर्षको कडा मिहिनेत पछि स्थानिय मजदुरको प्रयोग गरी कुनै मसिनको प्रयो नगरी हामीलाई रोजगारी दियो सचेत बनायो छोराछोरी पढाउँन सजिलो पनि गरिदियो लुगारोटी फेर्न सजिलो पनि गरिदियो आज आएर गाडि देख्न त के चढन समेत पाईयो अब हामी महिलाका समेत दुखको दिन गई शुख फर्किएको अनुभूति भएको छ त्यसकोलागि हामी सबैको तर्फबाट ग्रामिण पहुँच कार्यक्रमलाई धन्यबाद रहेको धूपिसल्ला सामूदयिक समूहकि अध्यक्ष कमला बुढा बताउँ छन् ।
हामीले रोड मात्र काटयौ तर गाडि देख्न पाएका थिएनै गाडि पनि आउँला सम्म पनि सोचेका थिएनै मेसिनै नलगाई कसरी पहाड लाई छिनेर रोड बन्छ सोचेका थियै तर त्यो सबै सम्भव भएर आज सोरु वासीको सपना पुरा भएको अब हाम्रा बिरामी अकालमा नमर्नेले हाम्रो अन्नबाली र मूल्य पाउँने सोरुका मानिसलाई बिसास र भौगालिक बिकटता र चेतनाको अभावले गोरु भन्ने चलन थियो आजबाट त्यो दिन गएको सोरु गाउँपालिका कडा नं. ८ का स्थानिय कन्न रावल बताँ छन् । फलफूलले पनि महिला य छिटो पाईदा दिन आजै टेष्ट ट्राईल गरिएको अब १७ किमि सडकमा कुनै अबरोध नहुने २ महिना पछि ४ पाग्रे गाडी गुडाउँने लक्ष्य रहेको कुरा जिल्ला टिम लिडर मोहन रसाईली बताउँनु हुन्छ ।
जिल्लाकै बिकट सोरु गाउँपालिकामा आज गाडि पुगेकोले जिल्लामै र सोरु गाउँपालिकाकोलागि नयाँ ईतिहाासको थालनि भएको अब सोरु गाउँपािलको कायापलट गर्ने माध्यम सडक यातायात सँगै रहेकोले सोरु गाउँपालिकाको नयाँ भाग्य र भबिस्यको थालनि भएको छ अझै सडकको स्तर उन्नतिकोलागि सोच्नु सरोकारवाला निकायले सोच्नु पर्ने कुरा जिल्ला समन्व समितिका संयोजक पूर्ण बहादुर रोकायाले बताउँनु भयो ।
सोरु गाउँपालिकाको वडा नं ८ को कच्चे गाउँबाट सदरमुकाम गमगढि सम्म पैदल ६ घन्टा लाग्थ्यो भने गाडिबाट १ घन्टाको समयमै समरमुकाम सम्म पुग्ने भएको छ सडक पक्कि भएपछि आधा घन्टाको समयमै सोरु गाउँपलिकाको कच्चेमा पुगिने भए पछि स्थानियले ठूलै राहत पाउँने भएकका छन् । बर्षै देखि गाडिको प्रतिक्षमा बसेका हजारै सर्वसाधारणले गाडिको अबलोकन गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।