३३ किलो सुन प्रकरणमा प्रहरीको विषय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन: प्रहरी महानिरीक्षक
काठमाडौं, (नेस)
दुइ महिनाको अवधीमा ५४ वटा अवैध हातहतियार वरामद गरेको प्रहरीले बताएको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार पत्रकार सम्मेलन गरेर अपराधलाई निरुत्साहित गर्न बिभीन्न प्रकृतिका ५४ वटा हातहतियार बरामद गरेको बताउनुभयो ।
प्रहरीले पेस्तोल पाँच थान, कटुवा १२ थान, भरुवा ३५ थान र बन्दुक दुइ थान बरामद गरिएको छ । यस्तै नेपालको अनुरोधमा नोटीस जारी गरि इन्टरपोल टुल्स मार्फत् एक सय १७ जना नेपाली र चार जना बीदेशी नागरिक पक्राउ गरिएको छ । लागु औषध कारोबारमा संलग्न नौ सय ६४ जना पक्राउ परेको प्रहरीले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये नौ सय २६ जना पुरुष र ३८ जना महिला पक्राउ परेका छन् ।
सो अबसरमा नेपाल प्रहरीका महानीरीक्षक खनालले दुइ महिनाको अबधीमा दुइ हजार पाँच सय १९ जना प्रहरी अधिकारीलाई बढुवा गरेको र ९ हजार सात सय ४३ जना प्रहरीको सरुवा र पदस्थापन गरेको बताउनुभयो ।
फरक प्रसंगमा प्रहरी महानिरीक्षक खनालले ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रहरीको विषय आफ्नो क्षेत्राधिकार बाहिरको बताउनुभयो । उहाँले भन्नुभयो,– अनुसन्धानको विषयमा चासो त छ । तर, सरकारले गठन गरेको कमिटीले सुनकाण्डको बिषय हेरीरहेको छ । यसलाई अनुसन्धान गर अथवा नगर भन्ने अधिकार म संग छैन । ’
आफ्नो कामलाई तीन तहमा विभाजन गरेको भन्दै शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । प्रहरी संगठनलाई संघीयता अनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।