नेपाल समाचारपत्र, काठमाडौं
महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार झन्डै १९ अर्ब रुपियाँ बेरुजु असुल्न बाँकीे रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार १८ अर्व ७१ करोड रुपैंया अशुल गर्नुपर्ने देखिएको हो ।
आर्थीक वर्ष २०७३÷०७४ को बेरुजु १ खर्व २० अर्व ९१ करोड रुपैंया देखिएको छ । जसअन्तर्गत अशुल गर्नुपर्ने १८ अर्व ७१ करोड रुपैंया, नियमित ४८ अर्व ७२ करोड र पेश्की बाँकी ५३ अर्व ४८ करोड रुपैंया रहेको महालेखा परिक्षकको प्रतिवेदन उल्लेख छ ।
झन्डै १९ अर्ब रुपियाँ असुल्न बाँकीे
लेखा परिक्षण समयमा नहुँदा र वित्तीय अनुशासन कायम हुन नसक्दा बेरुजुको दर बढेको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले १० हजार ११ वटा संस्थाहरुको ४६ खर्व ८७ अर्व ९१ करोड रुपैंयाको लेखा परिक्षण गरेको जनाएको छ । महालेखा परिक्षकको कार्यालयले ६ वर्षे कार्ययोजना समेत अघि सारेको छ ।
२०७४ देखि २०८० भित्र लागु हुने गरि ल्याइएको कार्ययोजनाले सार्वजनिक सेवा प्रबाहको गुणस्तरीयतामा अभिबृद्धि हुने अपेक्षा गरिएको छ । यस्तै पारदर्शी प्रवद्र्धन हुने, सरकारी कोषको अधिकतम सदुपयोग हुन गइ मुद्राको सार्थकता सुनिश्चित हुने र देशको शासकिय व्यवस्थमा अनियमितता, खराव प्रवृत्तिसंग जुध्न सक्ने क्षेमता वृद्धि हुने लगायतका लक्ष्य लिइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।