विराटनगर, (नेस)
एउटा सटरमा दुई वटा नाम राखी व्यापार सञ्चालन गरेको भन्दै औषधि ब्यवस्था विभागले विराटनगर ७ मा रहेको एक आयुर्वेद फार्मेसीमा शिलबन्दी गरेको छ ।
सुरुमा विराट आयुर्वेद फार्मेसी रहेको पतञ्जली सेवा केन्द्रमा सोही वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेपछि विभागले अबैध कारोवार गरेको हुनसक्ने भन्दै सिलबन्दी गरेको हो ।
विराटनगर ३ का गोविन्दबहादुर खड्का, अर्चना सोनी र मोरङ बवियाविर्ताकी रमा दाहालले संयुक्त रुपमा विराट आयुर्वेद फार्मेसी सञ्चालन गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।