साउन२८ चितवन । चितवन क्षेत्र नम्वर १ का सांसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बाढी पिडितको उद्धारमा खटिएका छन् । डुवानमा परेकाको उद्धारमा खटिन विहानैदेखी कार्यकर्तालाई निर्देशन दिएका पाण्डेले आफै पुर्वि चितवनको विभिन्न क्षेत्रमा पुगेर बाढी पिडितको उद्धारको लागि पहल गरेका छन् । बाढीमा फसेकाहरुको उद्धारका लागी शशस्त्र,नेपाली सेना र जनपथ प्रहरी परिचालन भैरहेको भन्दै पाण्डेले आवश्यक परे सवै स्रोतहरू परिचालन गर्ने बताए साथै अधिकतम स्रोत साधन प्रयोग गरेर उद्धार भैरहेको जानकारी दिए ।