संवाददाता
दाङ ३१ साउन दाङ । अविरल वर्षापछीको वाढीले दाङमा हालसम्म ५ जनाको मृत्यु भएको छ। बाढीले बगाएर तुलसीपुर उपमहानगरपालिका ११ गैरीगाउँका ४० वर्षीय मेघबहादुर केसीको मृत्यु भएको छ । आइतबार स्थानीय खोलाले बगाएर वेपत्ता भएका केसी आज दंगिशरण गाउँपालिका ६ थपगाउमा मृत फेला परे संगै मृत्युहुनेको संख्या ५ पुगेको ईलाका प्रहरी कार्यालयल तुलसीपुरले जानकारी दिएको छ ।
यसै गरी तुलसीपुर उपमहानगरपालिका ११ स्थित बबई नदी किनारमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुष नदी छेउमा मृत भेटिएको र उनको पहीचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । यसअघि तीनजनाको मृत्यु भैसकेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।