कावासोती १२ बैशाख ।
पुर्व पश्चिम राजमार्ग अन्तृगत नवलपरासीको रजहरमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा परि अरु ५ जना घाइृते भएका छन् ।
पश्चिम बाट पुर्व तर्फ आउदैं गरेको वा १२ च १६७१ नम्बरको कारले साईकलयात्री वुलिङटार गाउपालीका ४ निवासी ३२ वर्षिय तिलमाया बराललाई ठककर दिदा उनको घटना स्थलमै मृत्यु भएको ईलाकाप्रहरी कार्यलय रजहरले जानकारी दिएको छ ।
घाईते हुनेमा साईकल पछाडि वस्ने सोही ठाउकी २४ वर्षिय नैनीसरा वराल रहेकी छन् । कार चालक सहित कारमा सवार ३ जना घाईते भएका छन् । घाईतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । कार प्रहरिले नियन्त्रणमा लिएको छ कार चालक अस्पतालमा प्रहरीको नियन्त्रणमै रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरि आजै बिहान करिब ६ः३० बजेको समयमा देवचुली नगरपालीका २ दुम्कौलीमा एउटा बेबारीसे शव फेला परेको थियो । कावासोती ३ का ६० वर्षिय चन्द्रबहादुर लामाको शव भेटिएको थियो । हिजो बेलुका देखि नै अत्याधिक मदिरा सेवन गरेका लामाको शव बिहानै फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । लामाको शव आफन्तको जिम्मा लगाइ सकेको इलाका प्रहरि कार्यलय रजहरका प्रहरि नायव निरिक्षक हरिप्रसाद भुसालले जानकारि दिनुभएको छ ।